रेलमार्गका लागि खर्च भयो ३३ अर्ब ४५ करोड रुपैयाँ
काठमाडौँ – सरकारले रेलमार्ग बनाउन ३३ अर्ब ४५ करोड रुपैयाँ खर्च गरेको छ । नेपालको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग बनाउन सरकारले यो रकम खर्च गरेको महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ६२औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
यो रकमले ६५ किलोमिटरमा ट्रयाकबेड र १६ पुल निर्माण सम्पन्न भएको भने ५ सय ५३ बिघा जग्गाको मुआब्जा तिरेको छ । नेपालको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग बनाउन ९ खर्बको लागत १५ अर्ब रुपैयाँ पुगिसकेको प्रतिवेदनमा उल्लेख छ ।
झापा काँकडभिट्टादेखि कञ्चनपुर गड्डाचौकीसम्म ९२४.९४ किलोमिटर र लिंकमार्गहरू समेत १ हजार ३ किलोमिटर विद्युतीय रेलमार्ग बनाउन प्रचण्ड नेतृत्वको सरकारले २०६५÷६६ मा आयोजनाको सुरुवात गरेको थियो । यो आयोजनाको सुरु लागत अनुमान ९ खर्ब ५५ अर्ब २२ करोड रुपैयाँ रहेकोमा संशोधित लागत अनुमान १५ खर्ब रुपैयाँ पुगेको छ । आयोजना २०८६र८७ मा सम्पन्न गर्ने लक्ष्य छ ।