नेपाल बैंक लिमिटेडको अर्को काण्ड बाहिरियो, असुरक्षित जनताको डिपोजिट

शुक्रबार, ९ जेष्ठ २०८२

काठमाडौं – नेपाल बैंक लिमिटेडको अर्को काण्ड बाहिरिएको छ । नेपालको पहिलो सरकारी बैंकको सप्तरीस्थित शाखाबाट सेक्युरेटी गार्डकै बन्दुकसहितका सुरक्षा समाग्री चोरी भएका छन् ।

जनताको डिपोजिटको सुरक्षाका लागि राखिएको बन्दुक चोरिएपछि बैंकमा राखिएको डिपोजिट असुरक्षित बनेको छ । शुक्रबार विहान १२ः२९ बजेको सययमा खडक नगरपालिका–७ कल्याणपुरस्थित नेपाल बैंकमा कार्यरत सेक्युरेटी गार्ड प्रमोद चौधरी र पर्शुराम चौधरी निदाएको मौकापारी सडक नगरपालिका–६ वीरपुरका २० वर्षीय अपसाद अन्सारीले सुरक्षा सामाग्री चोरेका हुन् ।

सुरक्षागार्ड सुतिरहेको कोठाबाट अन्सारीले १२ बारको एक नाले बन्दुक, २० राउण्ड गोली, २ थान खुकुरी, कम्युटर, डिजिटल तराजु लगायत चोरी गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी तथा प्रवक्ता जितेन्द्र बस्नेतले बताए । गार्ड ब्युझँदा सामानहरू नभएपछि राति नै बैंकका गार्डले प्रहरीमा खबर गरेका थिए ।

त्यसपछि प्रहरीले उक्त घटना सञ्चार सेटमार्फत रिले गरेको थियो भने घटनाबारे छिमेकी जिल्ला सिरहाको प्रहरीलाई पनि खबर गरिएको थियो । सिरहाकै टोलीले राति पौन ४ बजेतिर उनलाई लहानस्थित हस्पिटल चोकबाट पक्राउ गरेको हो ।

पक्राउ परेका अन्सारीले उक्त हतियारहरू नेपाल बैंकबाट करिब ५ सय मिटर पश्चितर्फको झाडीमा लुकाएको खुलेपछि बरामद गरेको छ । उनले ती हतियार किन चोरे भन्ने खुलिसकेको छैन ।

यो पनि…