चन्द्र ढकालको कर छली काण्ड बाहिरियो
काठमाडौँ – उद्योग बाणिज्य महासंघको अध्यक्ष, ग्लोबल आईएमई बैंकका संचालक समिति अध्यक्ष तथा बिभिन्न केबुलकार निर्माणका अभियान्ता चन्द्र ढकालको कर छली काण्ड बाहिरिएको छ । सहोदर भाइ हेमराजले विदेशबाट प्रत्यक्ष वैदेशिक लगानीको नाममा भित्र्याएको १ अर्ब १० करोड रूपैयाँको स्रोत नभेटिएपछि उनीहरुको करछलीको काण्ड बाहिरिएको हो ।
अजय सुमार्गीदेखि पृथ्वी शाहरुको पैसा रोकेको नेपाल राष्ट्र बैंकले ढकालको पैसा आजसम्म रोकेको छैन । शक्ति र सत्ताका आडमा उनलाई उन्मुक्ति दिइदै आएकोमा यो पटक पनि उम्किन सक्ने बुझिएको छ ।
एकातिर वैदेशिक लगानीका नाममा अर्बौ रकम भित्र्याएको र अर्कोतिर कर छलीमा समेत मुछिएका छन् ढकाल दाजुभाई । आफूलाई गैर आवासीय नेपाली दावी गर्ने हेमराज ढकालले झण्डै २ अर्ब बढी कर छली गरेको सरकारी अधिकारीहरुको दावी छ । तर सेटिङ कलामा पारंगत ढकालले सो रकम नतिर्न लागि शक्तिकेन्द्र मिलाइरहेको छन् ।
नेपालमा ठूलो मनि ट्रान्फरको व्यवसायको रुपमा आइएमई मनि ट्रान्फर सञ्चालन गर्दै आउका ढकालका भाइ हेम जापान र खाडी मुलुक मलेसिया, कतार, दुवईमा केन्द्र बनाएर उक्त कारोबारहरु सञ्चालन गर्दै आएका थिए ।