दुर्गा प्रसाईँले हिरासतबाटै भने, ‘हरेस् नखानुहोस्, चाँडै ज्वाला बनेर आउँदैछु’
काठमाडौं– दुर्गा प्रसाईले आफ्नो समर्थकका लागि संदेश पठाएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईँले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतबाट सन्देश पठाउँदै हरेस नखान अनुरोध गरेका छन् ।
उनले एउटा आफना सहयोगीमार्फत सामाजिक सञ्जालमा प्रेसित् सन्देश अनुसार शान्तिपूर्ण घोषणा सभामा राज्यले गरेको निर्मम दमन, त्यसपछि आफू लगायत अभियन्ता साथीहरूलाई देश बेच्ने जस्तो अभियुक्तको रूपमा प्रस्तुत गर्ने तथा काठमाण्डौमा पुरै निशेध्याज्ञा गर्ने बलकारी सत्ताको व्यवहार प्रस्ट देखाएको बताएका छन् ।
‘गणतन्त्रको रुख हल्लिइसकेको छ । तस्कर र दलालहरूको सत्ता मक्किसकेको छ । त्यसैले तपाईंहरू हरेश नखानुहोस् । म ज्वाला बनेर चाँडै आउँदैछु, तपाईंहरूको माझमा, तस्कर र दलालहरूको मक्किएको सत्ता र हल्लिएको रुख उखेलेर नयाँ युगको स्थापना गर्नको लागि नयाँ योजना हिरासतबाटै बनाएको छु ।’, उनको सन्देशमा भनिएको छ ।
वैदिक सनातनको मान्यतालाई सर्वोपरी मान्दै राष्ट्रिय सभा र प्रदेश सभा बिनाको लोकतान्त्रिक व्यवस्थाको स्थापना गर्नैपर्ने अपरिहार्यता देखिएको, राष्ट्रको राष्ट्रियता र सार्वभौम संप्रभुताको सुरक्षा कवजको रुपमा राजाको अपरिहार्यता महसुस भएको तथ्यलाई स्वीकार्दै देश, जनता र नेपाली नागरिकको भलाइको पक्षमा खबरदारीकासाथ एउटा निडर, निश्पक्ष र स्वतन्त्र महाअभियान सञ्चालन भएको थियो ।
