वाईसीएलको नेतृत्व चयनलाई लिएर माओवादी केन्द्रमा बबण्डर

मंगलबार, २७ जेष्ठ २०८२

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को युवा संगठन योङ कम्युनिस्ट लिग ९वाईसीएल०को नयाँ नेतृत्व चयनलाई लिएर नेताहरूबीच जुहारी चलेको छ । वाईसीएलको विषयमा माओवादी नेताहरू सामाजिक सञ्जालमै एकअर्काविरुद्ध खनिएका हुन् ।

पार्टीका केन्द्रीय सदस्य अनिल शर्माले विधान पारित गरेको केही घण्टा बित्न नपाउँदै सम्मेलनको सर्वोच्चतालाई हरण गरेको भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए । आफ्नो असक्षमताई ढाकछोप गर्न वाईसीएललाई बन्धक बनाएको उनको टिप्पणी छ । ‘विधान पास गरेको केही घण्टा बित्न नपाउँदै सम्मेलनको सर्वोच्चतालाई हरण गर्ने र आफ्नो असक्षमतालाई ढाकछोप गर्ने प्रवृत्तिले वाईसीएललाई पनि बन्धक बनाएरै छोडे । यसमा वाईसीएलको खासै दोष छैन, त्यसको जिम्मा लिने र पार्टीको नेतृत्वको कारण कति भिक्टिम भए, त्यो त इतिहासको गर्भ मै रहला,ु उनले लेखेका छन्, ुजे जसरी होस एउटा कमिटी बनेको छ, कमरेड पुष्प वली नेतृत्वको वाईसीएल नेपाललाई बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।’

शर्माले कडा टिप्पणी गरेपछि वाईसीएलका इन्चार्जसमेत रहेका पार्टीका अर्का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ९दीपशिखा०ले कडा जवाफ फर्काएका छन् । उनले वाईसीएलमा केही नलागेपछि एउटा पक्षका आसेपासेले गरेको प्रचार निन्दनीय भएको टिप्पणी गरेका छन् । यस्ता पानी मरुवा चाल चल्न छोडेर साँच्चै चुनाव लड्न आउन उनले चुनौती दिएका छन् । ुवाईसीएलमा केही नलागेपछि आसेपासेले शुरू गरेको प्रचार निन्दनीय छ । यस्ता पानिमरूवा चाल चल्न छोडेर साच्चै लड्न आए हुन्छ । म माओवादीमा तपाईंका दाइ ९जनार्जन शर्मा० जहाँ लड्छन् त्यही चुनाव लड्न तयार छु, ‘उनले शर्माको फेसबुकमा कमेन्ट गरेका छन् ।

त्यसमा माओवादी निकट विभिन्न संगठनका अरू नेता कार्यकर्ता पनि खनिएका छन् । अखिल ९क्रान्तिकारी०की उपमहासचिव निर्मला गौतमले नेकपा (एमाले)का नेता महेश बस्नेतसँग चुनाव लडेर संसद्‌मा देख्न मन भएको टिप्पणी गरेकी छन् । उनले लेखेकी छन्, ‘जनार्दन शर्मासँग होइन, महेश बस्नेतसँग चुनाव लडेर आउनुहोस् संसदमा हेर्न मन छ ।’

यस्तै, अखिल (क्रान्तिकारी)का पूर्वसचिव खेम रनपहेलीले अध्यक्षको नाम भजाएर दादागिरी नगर्न चेतावनी दिएका छन् । त्यसैमा अरू नेता कार्यकर्ताले पनि कडा टिप्पणी गरेका छन् ।