आहा ! कति आकर्षक गोदावरी (तस्विरहरु)
काठमाडौं—ललितपुर जिल्लाको गोदावरीमा रहेको राष्ट्रिय वनस्पति उद्यान प्राय बाह्रै महीना हरियो हुन्छ। दुर्लभ, लोपोन्मुख, रैथाने वनस्पतिहरूको संरक्षण तथा संवर्द्धनको लागि विक्रम सम्बत् २०१९ सालमा स्थापना गरिएको यो उद्यान नेपालमा भएका १२ वटा वनस्पति उद्यानमध्येको सबैभन्दा पुरानो हो ।
८२ हेक्टरमा फैलिएको उद्यानमा लाखौँ पर्यटकहरु आउँछन् । पानीको अभाव नभएकाले ओसिलो ठाउँमा उत्तिसका वृक्ष र पारिलो घाम लाग्ने पाखामा सल्लाका वन र मझौला ठाउँमा कटुस र चिलाउनेका बोटहरू फस्टाएका छन्। ऐंसेलु, चुत्रो र काफल गोदावरीमा निकै लोकप्रिय छन्। प्रकृतिका तीन प्रमुख आकर्षणहरू पुष्प, पुतली र पक्षीको अनुपम भण्डार हो गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यान ।
