रास्वपाको दाबी: भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक संलग्न भएको यथेष्ट प्रमाण छ

शुक्रबार, ३० जेष्ठ २०८२

काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा जेडिएको प्रमाण फेला पारेको छ । स्वपाका प्रवक्ता मनिष झाले संसदमा बोल्दै गृहमन्त्री जोडिएको यथेष्ट प्रमाण फेला पारेकोले तत्काल राजीनामा दिनुपर्ने बताए । कात्तिकदेखि वैशाखसम्म अख्तियारले गृहलाई अध्यागमनको बदमासीबारे ९ चोटी पत्र काटेको उल्लेख गर्दै यसलाई नियन्त्रण गर्न नसकेको आरोपसमेत लगाएका थिए ।

उनले भने, ‘९ पटक पत्र काट्दा त्यहाँ किन ध्यान दिइएन ? आज किन कागजको खोस्टामा लेखिँदैछ । अख्तियारले धावा बोल्ने बेला भएपछि सबै आफ्ना कर्मचारीहरूलाई लुकाउन रातारात किन तानियो, यदी उहाँको संलग्नता थिएन भने किन त्यो कर्मचारीलाई तानियो ?’

सांसद झाले मन्त्रीलाई आफ्नै मन्त्रालयबारे थाहा छैन भने मन्त्रालयको नेतृत्व कसरी गरिरहेका छन् भन्दै प्रश्न गरे ।

उनले यही मुद्दा उठाउँदा पार्टी सभापति रवि लामिछानेको ठाउँ सारी समेत रोकिएको दाबी गरे।