राप्रपा महामन्त्री धवलशमशेर जबरा धरौटीमा रिहा

सोमबार, २ असार २०८२

काठमाडौं – राप्रपाका महामन्त्री धवलशमशेर जबरा धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले तीन लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएपछि उनी रिहा भएका हुन् ।

सोमबार बिहान अदालतमा हाजिर भएका राणालाई न्यायाधीश शिवप्रसाद खनालको इजलासले तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । चैत्र १५ गते राति पक्राउ परेका राणा गत बैशाख ७ गते हाजिर जमानीमा छुटेका थिए । तर, प्रहरीले मुद्दा दर्ता गराउँदा भने उनी सम्पर्कमा थिएनन् ।

प्रहरीले उनीहरुको नाममा पुनः पक्राउ पुर्जी जारी गर्ने तयारी भएका बेला अदालतमा हाजिर भएका थिए । त्यस्तै बन्दी प्रत्यक्षीकरणको रिटमार्फत रिहा भएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने अझै सम्पर्कविहीन रहेका छन् ।