एयर इन्डिया नामक एयरलायन्स कम्पनीलाई एकपछि अर्को दशा

मंगलबार, ३ असार २०८२

काठमाडौं—एयर इन्डिया नामक एयरलायन्स कम्पनीलाई एकपछि अर्को दशा लागेको छ । अहमदाबादबाट उडेको जहाज केही दिन अघि दुर्घटनामा परेको थियो । पुनः अर्को जहाजमा पनि प्राविधक समस्या आएपछि उडान रोकिएको छ । एयर इन्डियाको बोइङ ७८७–८ ड्रीमलाइनर विमान एआई–१५९ अहमदाबादबाट दिउँसो १ः१० बजे उडान गर्दै थियो । साँझ ६ः२५ बजे यो लन्डनमा पुग्नेवाला थियो ।

यो त्यही रुट थियो जहाँ केही दिनअघि मात्रै एआईए–१७१ दुर्घटनाग्रस्त भएको थियो । जानकारी अनुसार एयर इन्डियाको बोइङ ७८७.८ ड्रीमलाइनर विमान एआई–१५९ अहमदाबादबाट दिउँसो १ः१० बजे उडान गर्दै थियो । साँझ ६ः२५ बजे यो लन्डनमा पुग्नेवाला थियो ।

योसँगै पछिल्ला दुई दिनमा तीन वटा बोइङ ७८७ ड्रीमलाइनर विमानमा प्राविधिक समस्या देखिएको छ । एयर इन्डियाको हङकङदेखि दिल्ली आउन थालेको एआई ३१५० उडानमा शंकास्पद प्राविधिक गडबडीका कारण विमानलाई बिच बाटोबाटै हङकङ फर्काइयो । सान फ्रान्सिस्कोबाट मुम्बई आउने उडानको ४ घन्टा पछि कोलकातामा अवतरण गराइयो ।

अहमदाबाद र लन्डनबीचको उडान रद्द गर्नुपर्‍यो ।

मंगलबार दिउँसो अहमदाबादबाट लन्डनका लागि प्रस्थान गर्ने एयर इन्डियाको उडान सञ्चालन समस्याका कारण रद्द गरिएको विमानस्थलका एक अधिकारीले बताए । एआई–१५९ उडान रद्द गरिएको एयर इन्डियाको आधिकारिक वेबसाइटले पनि पुष्टि गरेका छन् ।