जेलमा रहेको मौका छोपेर दुई नेताको बढुवा गर्नु षड्यन्त्र भएको रवि र निकिताको गुनासो

आइतबार, ८ असार २०८२

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जेलमा रहेको मौका छोपेर २ नेतालाई बढुवा गरेपछि रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलले गुनासो गरेका छन् । आफु जेलमा रहेको मौका छोपेर २ नेतालाई बढुवा गर्नु सड्यन्त्र भएको भन्दै नजिकका मान्छेसँग गुनासो गरेका हुन् ।

रास्वपाले कविन्द्र बुर्लाकोटीलाई सहमहामन्त्रीबाट बढुवा गरेर महामन्त्रीको जिम्मेवारी दिएको छ । शनिबार बिहान बसेको केन्द्रीय समिति बैठकले बुर्लाकोटीलाई कार्यबाहकबाट हटाएर महामन्त्रीको जिम्मेवारी दिएको हो । संस्थापक महामन्त्री डा मुकुल ढकाललाई कारबाही गरेपछि उनलाई कार्यबहाक महामन्त्री बनाइएको थियो ।

यसैगरी, मनिष झलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । कार्यबाहक प्रवक्ताबाट बढुवा गरेर उनलाई प्रवक्ताको जिम्मेवारी दिइएको रास्वपाले जनाएको छ । रास्वपाका सभापति रवि लामिछाने भैरहवा कारागारमा रहेकै बेला पार्टी स्थापनाको तेस्रो वार्षिकोत्सवको सन्दर्भमा बढुवा गरिएको हो ।

रास्वपाले रविकै सल्लाहमा बढुवा गरिएको भनेपनि कार्यबहाक सभापति डिपि अर्यालको षड्यन्त्र हुनसक्ने गाइँगुईँ हल्ला चल्न थालेको छ । कार्यबहाक महामन्त्री र कार्यबहाक प्रवक्तालाई पुरा जिम्मेवारी दिदा कार्यबहाक सभापतिले पनि सभापति हुने रहर त गरेका होइनन् भनेर रवि शसंकित भएको बताइएको छ ।