नेकपा गण्डकी प्रदेश अन्तर्गत गोरखा–लमजुङको संयुक्त धान रोपाइँ सम्पन्न

आइतबार, ८ असार २०८२

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेश अन्तर्गत गोरखा र लमजुङ्गको संयुक्त रोपाईं सम्पन्न भएको छ।

गोरखाको पालुङटार नगरपालिका–३ स्थित तल्लो शेराको ४५ रोपनी खेतमा सनिबार रोपाईं सम्पन्न भएको हो ।

४५ रोपनी जग्गामा कञ्चन जातको धान रोपिएको नेकपाका केन्द्रीय सदस्य तथा गोरखा जिल्ला सेक्रेटरी काजी सीले जनाएका छन्।

कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज शिलु सीको विशेष उपस्थित रहेको थियो । त्यसैगरी नेकपाका केन्द्रिय सदस्यहरू विकिरण सी , गोरखा जिल्ला इन्चार्ज कपिल सी, प्रसिद्ध सी र लमजुङ जिल्ला सेक्रेटरी रविन्द्र लगाएत स्थानिय नेता–कार्यकर्ता र शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

नेकपाले यस वर्ष गण्डकीभर करिब २०० रोपनी भन्दाबढी  जग्गामा धान रोप्न लक्ष्य लिएको र त्यसका लागि असार १० गतेदेखि एक महिनासम्म सम्पूर्ण नेता–कार्यकर्ताहरूलाई उत्पादनमा लाग्न विशेष आग्रह गरिएको नेता शिलुले बताईन्  ।

उत्पादनमा नेकपाका नेता कार्यकर्तासँगै आम मानिसहरु पनि उत्साहका साथ सहभागी थिए । उत्पादनसँगै पार्टी अगाडि बढाइरहेको नेकपाले समृद्धिको आधार कृषि र उत्पादन नै हो भन्ने कुरा नितिगत रुपमा सन्देश प्रवाह गरिरहेको छ । नेकपाले कृषि, सहकार्य र श्रम सन्देशसहित पार्टी, नेता कार्यकर्ता र आम जनतालाई समेत उत्पादनमा जोडिरहेको छ ।