ग्राहक र कर्मचारीलाई लक्षित गर्दै प्रभु बैंकले गर्यो वेगनास लेक फ्रन्ट रेष्टुरेन्टसंग छुट सम्झौता
काठमाडौँ – पोखरा महानगरपालिका–३१ स्थित वेगनासताल किनारमा रहेको वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक लिमिटेडबीच विशेष छुट दिने सम्झौता सम्पन्न भएको छ
। उक्त सम्झौताअनुसार अब प्रभु बैंकका ग्राहक, कर्मचारी तथा तिनका परिवारजनले वेगनास लेक फ्रन्ट रेष्टुरेण्टमा खाना र आवास सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने भएका छन्।
प्राकृतिक सुन्दरताले भरिपूर्ण बेगनासताल अवलोकन गर्ने ग्राहकहरूले अब स्वादिलो भोजनका साथै आरामदायक आवास सेवा पनि विशेष छुटमा पाउने सुविधा प्राप्त गर्नेछन्।
सम्झौताअनुसार, प्रभु बैंक तालचोक शाखाका कर्मचारी, उनीहरूका परिवार सदस्यहरू तथा बैंकका अधिकृत ग्राहकहरूले छुट सुविधा उपभोग गर्न सक्नेछन्। सम्झौता–पत्रमा रेष्टुरेण्टका तर्फबाट प्रोप्राइटर विश्वराज पौडेल र प्रभु बैंक लिमिटेडको तर्फबाट तालचोक शाखाका प्रबन्धक श्री प्रकाश पौडेलले हस्ताक्षर गरेका हुन्।
त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३११ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।