सामाजिक संजालमा आफुलाई गाली गर्नेलाई गायिका समिक्षा अधिकारीले ठिक पारिन्

आइतबार, ८ असार २०८२

काठमाडौँ – सार्वजनिक रुपमा गाली गर्नेलाई गायिका समिक्षा अधिकारीले ठिक पारेकी छिन् । समिक्षाले आफ्नो पोस्टमा अभद्र टिप्पणी गर्ने एक प्रयोगकर्ताको जानकारी सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि माफी मागेका छन् ।

परिवारको फोटो र कमेन्टको स्कृन सर्ट सामाजिक संजालमा राखेपछि उनले माफी मागेका हुन् । ‘समीक्षा बहिनी जे लेखियो, त्यसको लागि हृदयदेखि माफी माग्छु । यसलाई लामो बनाउनुभन्दा फेरि भेट हुँदा हात जोडेर माफ मागुँला!!’, उनले भनेका छन् ।

अधिकारीले पनि उनको माफी स्वीकार गर्दै उनले गरेको अभद्र टिप्पणीसहितको स्क्रिनसट हटाएकी छन् ।उनले लेखेकी छन्, ‘माफीको दायरालाई मैले नाघ्न सकिनँ, त्यसैले उहाँलाई माफीसँगै अरूलाई आफ्नो व्यक्तित्व चिनाउनु पूर्व पहिलो आफूलाई चिन्नुहोस् । सङ्घर्षको मैदानमा हिँड्दा हिँड्दै लडेर पनि उठेको मान्छे म । अरूलाई लडाउँछु भन्दा आफू पनि लडिन्छ भन्ने कुराको सबै जनाले ख्याल गर्नुहोला ।’

सामाजिक सञ्जालका प्रयोगकर्ताले समीक्षाको यस कदमलाई समर्थन गर्दै उनको हिम्मतको प्रशंसा गरेका छन् । धेरैले उनलाई आफ्नो ‘मिसन’ मा नडराई अघि बढ्न सुझाव पनि दिएका छन् ।