ओली नेतृत्वको सरकारबाट बाहिरिदै उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल

सोमबार, ९ असार २०८२

काठमाडौं – उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ । जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले पार्टीको संघीय संसदीय दललाई सरकारबारेको निर्णय पुनर्विचार गर्न निर्देशन दिएपछि जसपाले सरकारबाट बाहिरिने संकेत गरेको हो।

ओली सरकारले भ्रष्टाचार नियन्त्रण गर्न, सुशासन कायम गर्न, संविधान संशोधन गर्न पूर्णतः असफल भएको बैठकले निष्कर्ष लिकालेको  पार्टी प्रवक्ता मनिष सुमनले बताए ।

उनले भने, ‘सरकारलाई विगतमा दिइएको समर्थनबारे पुनर्विचार गरी निर्णय गर्न पार्टीको संघीय संसदीय दललाई निर्देशन दिने निर्णय गरिएको छ । हामीले निर्देशन दिएका छौं । थप निर्णय अब संसदीय दलको बैठकले गर्छ ।’