पूर्वप्रधानन्याधीश शुशीला कार्की पुनः चर्चामा

मंगलबार, १० असार २०८२

काठमाडौँ – पूर्वप्रधानन्याधीश शुशीला कार्की पुनः चर्चामा आएकी छन् । भिजिट भिसा प्रकरणमा सरकारले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बनाएपछि कार्की चर्चामा आएकी हुन् ।

वैरागी पनि भिजिट भिसा प्रकरणको छानविनमा तानिन सक्ने, सत्ताको छत्रछायामा हुर्केकाले निश्पक्ष छानविन गर्न नसक्ने भन्दै जनस्तरबाट कार्कीको नेतृत्वमा छानबिन समिति गठन हुनुपर्ने माग व्यापक रूपमा उठेको छ।

सरकारले बनाएको उच्चस्तरीय छानबिन समितिप्रति विपक्षी दुई दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विमति जनाएपछि यो माग झन् चर्को एपमा उठेको छ । मंगलबारको संसद् बैठकमा गृहमन्त्री रमेश लेखकले समिति गठन र गठित समितिको कार्यादेशबारे जानकारी गराएका थिए । जसलगत्तै समय लिएर बोलेका रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्ले र राप्रपाका प्रवक्ता ज्ञानबहादुर शाहीले समितिलाई स्वीकार नगर्ने जानकारी गराएका हुन् ।

सँगै, दुवै दलले माग पूरा नगरेको भन्दै विरोध स्वरूप संसद् बैठकलाई बहिस्कार गरेका थिए । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले भने दुई दुँदे सहमतिको कार्यान्वयन भएको भन्दै स्वागत गरेको छ ।

छानविन समिति संयोजक बन्ने विषयमा कार्कीको भने कुनै प्रतिक्रिया आएको छैन् ।