सफल कसरी हुने ? गणेश भगवानको सफलता सुत्र सहित !
काठमाडौं – एकदमै कम मानिसले मृत्युअघि आफुलाई चिन्न पाउँछन् । आफुलाई चिन्नका लागि मनुष्यले आफुबाट बाहिर निस्केर तटस्थ बनी आत्मनिरिक्षण गर्नूपर्दछ ।
एउटा प्राचिन कथा अनुसार ईश्वरले मानवलाई लामो जीवनयात्राका लागि तयार गरिरहँदा अन्य विशेषताहरु सँगसँगै देवदुत मानवलाई पुर्ण सन्तोषको बरदान पनि दिन थाले । तर ईश्वरले उनलाई रोक्दै भने, ‘हुँदैन, यदि तिमीले मनुष्यलाई पुर्ण सन्तोष प्रदान गर्यौ भने उसको खोजपुर्ण जीवनको सम्पुर्ण प्रसन्नता नै नष्ट हुनजान्छ ।’
आफ्नो महान् व्यक्तित्वको झलक पाउने र अलौकिक बिशेषता र शक्ति चिन्ने क्षण जसको पनि जीवनमा महत्वपुर्ण र महान हुन्छ मनुष्यको सुतिरहेको ईश्वरत्व जगाईदिने घटना नै जीवनमा चिरस्मरणीय हुन्छ ।
न्युयोर्कका एक प्रिन्सिपलले आफ्नो अनुभव बताउँदै लेखेकि छन्,‘यो संसारमा मेरो पनि आवश्यकता छ भन्ने अनुभव भएपछि मलाई मभित्र एक व्यक्तित्व छ जस्तो लाग्यो, जुन संसारलाई पनि आवश्यक छ । त्यसबेला देखि म विद्यालयलाई नै सबथोक मान्दिन, किनभने यो सारा संसार नै विद्यालय हो र त्यसैले पनि मेरो कार्यक्षेत्र अनन्त छ ।’ ती महिला एक सफल शिक्षिका सिद्ध भइन, किनभने उनले आफ्नो जीवनको महान लक्ष्य चिनीसकेकि थिईन । उनको पालनपोषण ऐश्वर्यको काखमा भए पनि शिक्षक–जीवनका लागि उनको अन्तरआत्मा यति इच्छुक थियो कि उनी बिस्तारै त्यसतर्फ तानिदै आईन । त्यस शिक्षण कार्यमा उनले आफुलाई पूर्ण विकास गर्नुको साथै अन्य महिलाहरुको आत्मविश्वासमा पनि सहयोग गरिन् ।
मानिसलाई तिनीहरुकोे सुतिरहेको शक्तिहरु र लुकेको महानतासँग परिचित गराउनु संसारको एकदमै कठिन काममध्ये एक हो । किनभने मानिसहरु आफ्नो व्यक्तित्व र शक्तिहरुको पुरा जानकारि नै राख्दैनन् न त तिनीहरु त्यसका लागि प्रयत्न गर्छन । यस सम्बन्धमा एउटा पौराणिक कथाको याद आउछ एक पटक सबै देवताहरुमा विश्व परिक्रमा गर्ने होड चल्यो । पृथ्वीको चक्कर कसले सबैभन्दा पहिला लगाएर आउँछ भन्ने निश्चय गर्न सबै देवता आ–आफ्नो वाहनमा बसेर निस्के । सबैका वाहन तेज चल्ने खालका थिए –रथ, घोडा, सिंह, हात्ती आदि ।
तर गणेशजीको बाहन मुुसा सबैभन्दा विस्तारै हिँड्यो । सबै देवताहरुले गणेशलाई हाँसोमा उडाउँदै भन्न थाले,‘मामुली मुसाको रथ र घोडासँग के तुलना ! अवश्य पनि गणेशजी पछाडि फर्कनेछन् ।’
दौड सुरु भयो । सबै देवता आ–आफ्ना बाहनमा बसि तेज गतिमा जान थाले । परिणाम त्यहि भयो । गणेशजी सबैभन्दा पछि फर्केर आए । निर्णय घोषित गरियो । गणेशजीलाई सर्वप्रथम घोषित गरिएपछि सबै आश्चर्य चकित भए । कारण बताउँदै निर्णयकले भने, ‘गणेशले विजय प्राप्त गर्नुको सहस्य के हो भने उनले तपाई सबैले जस्तो केवल विश्वको मात्र परिक्रमा नगरि बरु आफ्नै चारैतर्फ पनि चक्कर काटेका छन् ।
तपाईहरु सबै त संसारकै मात्र चक्कर लगाएर छिटो फर्किने उत्सुकतामा आफुले आफुलाई भुल्नुभयो, तर गणेशजीले आफुले आफुलाई नबुझेसम्म संसारको ज्ञान अधुरो छ भन्ने बुझेका छन् यो हो ‘आफुलाई चिन्नुु’ शब्दको महत्व ! साच्चै आफैलाई नबुझेसम्म हामीले विश्वलाई बुझ्न सक्दैनौ ।