प्रकाश सपुतका कारण लोक गीतले नयाँ धार लिदै, गर्मीको गलबन्दी ट्रेण्डिङमा !

बिहिबार, १६ जेष्ठ २०७६

काठमाडौं – नेपाली लोक संगीतमा प्रकाश सपुतका कारण नयाँपन आउन थालेको छ । अझ भनौ प्रकाश सपुतलेनै लोक गीतमा नयाँ धार लिदैछन ।माया पिरतीको कुरा गर्दै गाउँघरमा खेलिने रतौलीलाई टपक्कै टिपेर जस्ताको तस्तै उतार्न सफल गायक सपुतले केही समयदेखि विकृत नेपाली लोक संगीतमा झिनो आशा पलाएका छन । उनले गायका गीतहरु चलन चल्तीका गीत भन्दा फरक छन र नेपालीपन त्यसमा झल्केकै कारण धेरै दर्शकले रुचाएका छन् ।

एकबर्ष अघि प्रकाशले निर्माण गरेको ‘बोलमाया’ बोलको लोक गीतले नेपाली लोकगीतको क्षेत्रमा छलाङ नै मार्यो । अझ भनौ लोक गीतलाई देख्यो की सात कोष टाडा भाग्ने दर्शकको पनि मन छोयो । त्यसपछि फेरी आजकाल चर्चामा रहेको उनको अर्को गीत ‘गलबन्दी’ले पनि बजार तताएको छ । सपुतले जर्वजस्ती लोक गीतको बजारलाई आफ्नो कब्जामा पार्न खोजीरहेका छन ।

प्रकाशले ‘गलबन्दी’ लाई ‘बोलमाया २’ अगाडीको भाग भएको बताएका छन् । बोलमायामा प्रकाशले एक यूवा बैदेशीक रोजगारीमा गएपछि मृत्यु भएको कथालाई उतारेका थिए । यस गीतमा भने ती यूवा बैदेशीक रोजगारीमा जानुपुर्व उक्त गाउँमा के गरेका थिए भन्ने कुरा हेर्न पाइन्छ ।

यो गीतमा बोल मायाकै टिम अर्थात गायिका शान्तिश्री परियारले प्रकाशलाई स्वरमा साथ दिएकी छन भने मोडल अन्जली अधिकारीले अभिनयमा साथ दिएकी छन । यो गीत गाउँघरमा बसेर गरिने प्रत्यक्ष दोहोरीमा हो । जसमा अन्जली र प्रकाशकै अभिनय देख्न पाइनेछ ।

अहिले यो गीतमा तिस लाख भन्दा धेरै दर्शकले हेरिसकेका छन भने युट्युवको ट्रेण्डिङ २ मा परेको छ । गर्मीको मौषममा प्रकाश सपुतको गलबन्दीले चर्चा पाउन थालेपछि अहिले उनको गीतलाई गर्मीको गलबन्दी भनेर सामाजिक संजालमा चर्चा गर्न थालिएको छ ।

हेर्नुहोस भिडियो