अदालतको आदेश : देश सराप्दै अमेरिका छिर्नेलाई दशा लाग्यो
काठमाडौँ – देशलाई सराप्दै अमेरिका छिर्नेहरुलाई दशा लागेको छ । बच्चाहरुको भविश्य सुरक्षित हुने भन्दै बच्चा जन्माउनका लागि मात्र अमेरिका पुग्नेहरुलाई झन् रुनु न हास्नु भएको छ । अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्र्ड ट्रम्पको पक्षमा फैसला गर्दै सबैलाई जन्मसिद्ध नागरिकता नदिन आदेश दिएको छ ।
अवैध रूपमा अमेरिका बस्ने आमा, अस्थायी भिसा भएका आमाबाट जन्मिएका बच्चा र बच्चा जन्मिँदाको बेला बाबु अमेरिकी नागरिक वा स्थायी बासिन्दा नभएको पाइए नागरिकता पाइने छैन। अदालतले ट्रम्पको जन्मसिद्ध नागरिकता सम्बन्धी आदेशमाथि तल्लो अदालतले रोक लगाउन नसक्ने फैसला सुनाए पछि ट्रम्प उत्साहित भएका छन् ।
ट्रम्पले यसलाई आफ्नो ‘ठूलो जीत’ भन्दै अब आफ्ना नीतिहरू तुरुन्त कार्यान्वयनमा लैजाने घोषणा गरेका छन्। अब निम्न अवस्थामा बच्चाले अमेरिकी नागरिकता पाउने छैनन् ।
१) आमा अवैध रूपमा अमेरिकामा बसेको बेलामा जन्मिएको बच्चाले नागरिकता नपाउने ।
२) आमा अस्थायी भिसामा भए पनि बच्चाले नागरिकता नपाउने ।
३) बच्चा जन्मिँदाको बेला बाबु वैध अमेरिकी नागरिक वा स्थायी बासिन्दा नभए बच्चाले नागरिकता नपाउने ।