NAPS को मेलबर्न क्याम्पसले पनि पायो विदेशी विधार्थी पढाउने अनुमति
मेलबर्न – अस्ट्रेलियाको उच्च शिक्षामा एक महत्वपूर्ण सफलता हात पार्दै National Academy of Professional Studies (NAPS) ले मेलबर्नमा नयाँ क्याम्पस सञ्चालनको स्वीकृति प्राप्त गरेको छ। प्रारम्भिक रूपमा ६५० विद्यार्थी सिट स्वीकृत गरिएको छ र नोभेम्बर २०२५ इन्टेकबाट कक्षा सञ्चालन सुरु हुने औपचारिक घोषणा गरिएको छ।
नयाँ क्याम्पस मेलबर्न शहरको २० Queens Street मा अवस्थित छ। यो भवन NAPS को आफ्नै स्वामित्वमा रहेको छ, जुन विगत केही महिनादेखि कक्षा सञ्चालनको लागि पूर्ण रूपमा तयार अवस्थामा रहेको थियो। अब स्वीकृति प्राप्त भएसँगै भवनको उपयोग विधिवत रूपमा शिक्षण गतिविधिमा हुने पक्का भएको छ।
NAPS ले सन् २०२१ देखि सिड्नीमा उच्च शिक्षा प्रदान गर्दै आएको छ। यस अवधिमा ब्याचलर्समा Social Work , IT , Accounting , Early Childhood र मास्टर्समा Accounting , Business , IT जस्ता क्षेत्रमा उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गरेको छ। मेलबर्न क्याम्पसले ती सबै कार्यक्रमहरूलाई थप फराकिलो पहुँच दिनेछ, विशेष गरी भिक्टोरिया राज्यमा अध्ययन गर्न चाहने विद्यार्थीहरूको लागि सहज हुने NAPS ले जनाएको छ ।
यस नयाँ क्याम्पसको उद्घाटनसँगै NAPS ले मेलबर्नमा Western Sydney College र TKL College को स्वीकृति अगावै प्राप्त गरिसकेको छ। मेलबर्नमा NAPS का कार्यक्रमहरूमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि अब नोभेम्बर २०२५ इन्टेकबाट आवेदन खुला गरिएको छ। शैक्षिक गुणस्तर, अनुभवी प्राध्यापकहरू र अस्ट्रेलियन उद्योगसँगको समन्वयमा आधारित कार्यक्रमहरूले विद्यार्थीहरूलाई अध्ययन मात्र होइन, भविष्यको करिअर निर्माणमा पनि मार्गदर्शन गर्नेछन्।