५ वर्ष कैद सजाय मागदाबी सहित दिलभूषण पाठकविरुद्ध मुद्दा दर्ता

सोमबार, १६ असार २०८२

काठमाडौँ – पत्रकार दिलभूषण पाठकविरुद्ध काठमाण्डु जिल्ला अदालतमा साइबर अपराध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुले पाठकविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ को (१) बमोजिम सजाय मागदाबी गर्दै मुद्दा दायर गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्लेले उनीविरुद्ध मुद्दा दर्ता भएको जानकारी दिए । पाठकविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ (१) अनुसार सजाय दाबी गरिएको छ । दफामा १ लाख रुपैयाँसम्म जरिवाना, ५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

पाठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरले हिल्टन होटल खरिद गर्न लागेको भिडियो सामग्री प्रसारण गरेका थिए ।