त्रिशुली नदीमा २ जनाको शव भेटियो

मंगलबार, २४ असार २०८२

काठमाडौँ – धादिङस्थित त्रिशुली नदीमा २ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार ती दुई शव रसुवागढीबाट बगाएर ल्याएको हुनसक्ने अनुमान गरिएको छ ।

धादिङको गल्छी गाउँपालिका–२ क्यरेनीटार र गजुरी गाउँपालिका–६ बेल्खुस्थित त्रिशुली नदी किनारमा २ वटा शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमालले बताए ।

शवको प्रकृति हेर्दा दुवै पुरुषको रहेको अनुमान गरिएको छ ।

उत्तरी छिमेकी चीनमा परेको अविरल वर्षाका कारण रसुवागढीस्थित भोटेकोशी नदीमा बाढी आएको छ । उक्त बाढीका कारण ठूलो धनजनको क्षति भएको छ । हालसम्म ३ प्रहरी, ९ जना नेपाली नागरिक र ६ जना चिनियाँ नागरिकसहित १८ जना बेपत्ता भएका छन् ।