रविलाई छुटाउन मनिषा कोइरालाले पनि गरिन् हस्ताक्षर
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछानेलाई छुटाउन अभिनेत्री मनिषा कोइराला काठमाडौँ आएकी छन् । वनस्थलीस्थित घण्टीघर पुगेर उनले रविलाई छुटाउन हस्ताक्षर गरेकी छन् ।
रास्वपाले राजनीतिक प्रतिशोधका आधारमा सरकारले सभापति लामिछानेलाई थुनेको भन्दै उनको न्यायाका लागि हस्ताक्षर अभियान चलाइरहेको छ । देश विदेशमा गरी अहिलेसम्म १ करोड ६० लाख बढीले हस्ताक्षर गरिसकेको रास्वपाले जनाएको छ ।
यसअघि कलाकार विपिन कार्की, खगेन्द्र लामिछाने, निर्देशक दिपेन्द्र कुमार खनाललगायतले पनि रविको पक्षमा हस्ताक्षर गरेका थिए । रास्वपाले यसरी हस्ताक्षर संकलन अभियान चलाइरहँदा कतिपयले अदालती प्रक्रियामा प्रभाव पर्ने विश्लेषण गरिरहेका छन् ।