विनयको रोमान्टिक गीत “लुकी लुकी” सार्वजनिक, प्रियङ्का कार्कीसहित ५ नायिकाको अभिनय
काठमाडौं – व्यवसायी तथा एनआरएनए अभियान्ता विनय अधिकारीको छैटौं ‘लुकी लुकी’ सार्वजनिक भएको छ । अधिकारीको युट्यु च्यानल विनय अधिकारी (Vinaya Adhikari) मार्फत गीत सार्वजनिक भएको छ ।
गीतमा चर्चित गायक रामजी खाँड र शान्तिश्री परियारको आवाज रहेको छ । गीतको म्युजिक भिडियोमा विनय अधिकारीसहित सुनिल क्षेत्रीसहित पाँच नायिकाले अभिनय गरेका छन् । अभिनय गर्ने नायिकाहरुमा प्रियङ्का कार्की, मोडेल करिस्मा ढकाल, विना रावत, करिस्मा शाही र लोसिना लामिछाने रहेका छन् ।
विनय अधिकारी र कृष्ण लामिछानेको शब्द रहेको गीतमा अधिकारीको भाका र लामिछानेको संगित रहेको छ । सुनिल क्षेत्रीको निर्देशन रहेको गीतको भिडियो निकै उत्कृष्ट बनेको छ । पछिल्लो समयका जेनजी पुस्तालाई केन्द्रीत गरि रोमान्टिक कथाबस्तुमा आधारित भएर बनाएको यो गीत करोड क्लवमा छिर्ने निर्माण पक्षको अपेक्षा छ ।
यसअघि अधिकारीका युके बस्ने माया, तिम्लाइ पीआर मलाइ देश चाहिएको, इन्द्र माहारा, आमा जेलैमा लगायतका आधा दर्जन गीतहरुले दर्शकहरुको सर्वाधिक मायाँ पाइसकेका छन् ।