राजेशपायल राई पुनः विवादमा, यौन हिंसाको आरोप

शनिबार, २८ असार २०८२

काठमाडौं – प्रख्यात गायक राजेशपायल राई पुनः विवादमा तानिएका छन् । उनीमाथि उनकै पूर्वपत्नी साङबुङले यौन हिंसाको आरोप लगाएकी छन् ।

साङबुङ राजेशपायलसँग डिभोर्स भएको १५ महिनापछि यस्तो अरोप लगाएकी हुन् । उनीहरुबाट एक तीन वर्षीय छोरा छन् । डिभोर्सपछि राजेशपायलले पत्नीलाई नक्सालमा रहेको घर अंशका रुपमा दिएका थिए । साङबुङ छोरासहित यही घरमा बस्दै आएकी छन् । राजेशपायल अनामनगरमा रहेको अर्को घरमा बस्छन् ।

राजेशपायल बेलाबेला छोरा भेट्नका लागि घरमा आउने गरेको आफु पनि अनामनगर जाने गरेको साङबुङले बताइन् । अस्ति बेलुका आफु अनामनगर जाँदा हातपात र दुर्व्यवहार गरेको उनको भनाइ छ । हिजो म बच्चालाई भेटाउन उसको घर गएकी थिए । छोरा निन्द्राले सुत्न खोज्यो । उसको कोठामा गए । उ कोठामा नांगै बसेको थियो । मलाई फिजिकलको लागि फोर्स गर्न खोज्यो । मैले मानिनँ । ‘मेरो खुट्टा चाट्’ भन्यो । त्यो पनि मानिनँ । उनले भनिन् ।

त्यसपछि राजेशले कुटपिट गरेकाले प्रहरीलाई फोन गरेर बोलाएको उनले खुलाएकी छिन् । पुलिसले लिएर गएपनि मैले जाहेरी हालिनँ । त्यसपछि पुलिसले यत्तिकै छोड्यो । उनले भनेकी छिन् । तर अब भोलि पर्सीतिर उजुरी हाल्ने उनले बताएकी छिन् ।