रास्वपाको हस्ताक्षर अभियानमा प्रहरीको हस्तक्षेप
काठमाडौँ – रास्वपाको हस्ताक्षर अभियानमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रधानमन्त्री केपि शर्मा ओली झापामा रहँदासम्म रविको कार्यक्रम गर्न नदिन दिएको निर्देशन अनुसार प्रहरीले झापाको दमकमा सञ्चालित अभियानमा हस्तक्षेप गर्दै माइक भाँचिदिएको छ ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्दिकरणको मुद्दामा अदालतको आदेशले थुनामा पुगेका रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको दाबी गर्दै गरिएको हस्ताक्षरमा प्रहरीले हस्तक्षप गरेको हो ।
रास्वपाका स्थानीय नेता प्रकाश पाठकले केही बेरअघि सामाजिक सञ्जालमा स्ट्याट्स लेख्दै माइक भाँचेर शान्तिपूर्ण रुपमा आफ्ना विरोध, अभियान तथा असन्तुष्टिहरु राख्न पाउने कानुनी व्यवस्थाको उपहास गरिएको बताएका छन् ।
यो मुलुक कुनै तानाशाहको बाउले दिएको बिर्ता होइन, लोकतान्त्रिक मुलुकमा शान्तिपूर्ण रुपमा आफ्ना विरोध, अभियान तथा असन्तुष्टिहरु राख्न पाइने कानुनी व्यवस्थाको उपहास हुनेगरी देशको होइन, एमालेको पाखण्डी प्रधानमन्त्री तथा झापाकै चटके माष्टरका रैतीहरुले रास्वपा दमकले सञ्चालन गरेको हस्ताक्षर अभियानमा हस्तक्षेप गरी माइक भाँचिदिएका छन्’, उनले लेखेका छन् ।
सो घटनाले प्रधानमन्त्री ओलीको प्रतिशोधपूर्ण नियत र व्यवहारलाई थप उदाङ्गो पारिदिएको रास्वपाको छ । पाठकले थपेका छन्,‘यो घटनाले यिनको नियत र प्रतिशोधपूर्ण व्यवहारलाई थप उदाङ्गो पारिदिएको छ । याद राख किर्तेप्रसाद यसको मूल्य कति चुकाउनुपर्ने हो ।’