क्यानले जित्यो एनपीएलको ट्रेडमार्क सम्बन्धी मुद्दा

सोमबार, ३० असार २०८२

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रेडमार्कसम्बन्धी मुद्दा नेपाल क्रिकेट संघ (क्यान)ले जितेको छ । उद्योग विभागले एनपीएलको ट्रेडमार्क क्यानको पक्षमा हुने फैसला सुनाएको छ ।

जोरा स्पोर्ट्स म्यानेजमेन्टका प्रमुख अमिर अख्तरले एनपीएलको ट्रेडमार्कको दाबी गर्दै मुद्दा हालेका थिए । उद्योग विभागले आज अख्तरको दाबी नपुग्ने फैसला गरेको हो । यससँगै एनपीएलको दोस्रो संस्करण आयोजना गर्न क्यानलाई कानूनी बाधाको सम्भावना टरेको छ ।

आमिरले यसअघि नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गरेका थिए, तर उक्त नामको प्रतियोगिता क्यानले मात्र आयोजना गर्नसक्ने भन्दै विरोध भएपछि उनले प्रतियोगिताको नाम फेरेर एभरेस्ट प्रिमियर लिग राखेका थिए ।

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेकाले उक्त नाममा अरु कसैले प्रतियोगिता आयोजना गर्न नसक्ने दाबी आमिरको थियो ।