घुस काण्डमा मुछिएका सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजिनामा

मंगलबार, ३१ असार २०८२

काठमाडौँ – घुस काण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजिनामा दिएका छन् । उनले आज प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् ।

आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भन्ने हिसाबले राजीनामा दिएको गुप्ताले जानकारी गराएका छन् । ‘प्रविधिको उच्चतम प्रयोग’ को शिकार भएको उनको जिकिर छ ।

‘कहिले काहिँ नखाएको विष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भएँ । अब लागेका आरोप अनुसन्धान गरि सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्मान्नीय प्रधानमन्त्रीसमक्ष पदबाट राजीनामा गरेको छु’, राजीनामाबारे जानकारी गराउँदै गुप्ताले फेसबुकमा लेखेका छन् ।

मन्त्री गुप्ताले घुस खाएको अडियो हालै सार्वजनिक भएको थियो । उक्त अडियो बाहिर एसँगै उनको चौतर्फी विरोध भएको थियो भने आफ्नै पार्टीबाट समेत पद छोड्न दबाब थियो ।