जपत्रकार संगठनकी केन्द्रीय उपाध्यक्ष जानकी चौधरीलाई मातृ शोक
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा जनपत्रकार संगठन नेपालकी केन्द्रीय उपाध्यक्ष जानकी चौधरीलाई मातृ शोक परेको छ। यो दु:खद घडीमा जनपत्रकार संगठन केन्द्रीय समितिलेले चौधरीकी आमाको निधनप्रति गहिरो दुख व्यक्त गरेको छ । संगठनका अध्यक्ष शेर बहादुर विश्वकर्माले मंगलबार शोक वक्तब्य जारी गर्दै आमाप्रति श्रद्धान्जली व्यक्त गरेका छन्।
दाङ निवासी ८१ वर्षीया झुपी चौधरीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै जनपत्रकार संगठन नेपालले शोक वक्तव्य जारी गरेको हो । संगठनले दिवंगत आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उपाध्यक्ष चौधरीसहित सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।
अध्यक्ष विश्वकर्माद्वारा जारी गरिएको शोक वक्तव्यमा भनिएको छ, “दुःखको यस घडीमा धैर्य धारण गर्दै शोकलाई शक्तिमा बदल्न र उहाँले सामाजिक तथा राजनीतिक क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै हाम्रो यात्रालाई अझ प्रतिबद्धताका साथ अघि बढाउन सबैमा हार्दिक अपिल गर्दछौं।”
संगठनले स्वर्गीय चौधरीको योगदान सदैव स्मरणीय रहने उल्लेख गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरेको छ।