सरकारसंग आत्मासमर्पण गर्दै विप्लवका एक पोलिटब्युरो सदस्य

आइतबार, १९ जेष्ठ २०७६

काठमाडौैं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य पदम राईले पार्टी परित्याग गरेका छन् । उनलाई प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री तथा अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्डले पार्टी प्रवेश गराउने भएका हुन् ।

आइतबार १० बजे पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा अध्यक्षद्वय ओली र प्रचण्डले पार्टी प्रवेश गराउने नेकपाक केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताए । ‘हामीले धेरै दिनदेखि छलफल गरी रहेका थियौँ,’ श्रेष्ठले भने, ‘आज अन्तिम रुप दिई पार्टी प्रवेश टुङगो लगाएका हौँ ।’

राई पहिलो संविधान सभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर एकबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी भौतिक योजना तथा निर्माण राज्यमन्त्रीसमेत बनेका थिए । पार्टी नीति विपरीत मिडियामा बोलेको भन्दै राईलाई पार्टीले कारवाही गरेको थियो ।