अमेरिकाबाट थप २४ जना नेपाली डिपोर्ट
काठमाडौँ – अमेरिकाबाट थप २४ जना नेपाली डिपोर्ट भएका छन् । अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार जेठ २६ गतेपछि थप २४ जना नेपालीहरू डिपोर्ट भएर नेपाल आइपुगेका छन् । डिपोर्ट भएकाहरुले मुख छोपेर विमानस्थलबाट बाहिरिएका दृश्यहरु सार्वजनिक भएका छन् ।
यसअघि जेठ २६ गते चार्टर विमानमार्फत अमेरिकाबाट डिपोर्टभएका ३७ जना नेपालीहरू नेल र हत्कडीसहित नेपाल आएका थिए । सन् २०२५ को जनवरीदेखि अहिलेसम्म अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या १९७ पुगेको छ ।
उक्त अवधिमा अमेरिकाबाट दुईपटक चार्टर्ड उडानमार्फत नेपालीहरूलाई फर्काइएको हो ।