एनआईसी एशिया बैंकका ग्राहकलाई भक्तपुर हस्पिटलको उपचार सेवामा भारी छुट
काठमाडौँ – एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटल प्रा.लि.मा स्वास्थ्य उपचार गर्दा भारी छुट पाउने भएका छन् । बैंक र हस्पिटलबिच भएको सम्झौता अनुसार हस्पिटलमा स्वास्थ्य उपचार सेवा लिएर डिजिटल भुक्तानी गर्ने ग्राहकले २० प्रतिशत छुट पाउने भएका हु्न् ।
यो सुविधाको उपभोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक ९ःयद्यबलप० एपमार्फत भुक्तानी गर्नुपर्ने बैंकका प्रमुख सूचना अधिकारी तथा सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुनराज खनियाले बताए ।
बैंकले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा सशक्त रुपमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने उद्देश्य अनुरुप भक्तपुर इन्टरनेसनल हस्पिटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुको स्वास्थ्य उपचार र मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास लिएको छ ।