राष्ट्रपति पौडेलसंग ज्येष्ठ राष्ट्रिय नागरिक महासंघका प्रतिनिधिमण्डल द्धारा भेट

बिहिबार, ८ साउन २०८२

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेललाई ज्येष्ठ राष्ट्रियनागरिक महासंघको प्रतिनिधिमण्डलले भेट गरेको छ । महासंघका प्रतिनिधिमण्डलले राष्ट्रपतिभवन शीतलनिवासमा भेट गरी ज्येष्ठनागरिकका विभिन्न समस्याहरूबारे जानकारी गराएको हो ।

उनीहरूले राष्ट्रिय सभामा ज्येष्ठनागरिकको तर्फबाट प्रतिनिधित्व सुनिश्चित गर्ने, वृद्धभत्ता वितरण प्रणालीमा सुधार गर्ने, आर्थिक वर्गीकरणका आधारमा भत्तादिने व्यवस्था गर्नुपर्ने, नागरिकता विहिन जेष्ठनागरिकलाई नागरिकता दिलाउनुपर्ने, संयुक्त परिवारको अवधारणालाई अगाडि बढाउनुपर्ने लगायतका समस्या राष्ट्रपतिपौडेल समक्ष राखेका थिए।

सो क्रममा राष्ट्रपतिपौडेलले जेष्ठनागरिकका समस्यालाई सम्बन्धित् निकायको ध्यानाकर्षण गराउने र आफूले उक्त समस्या समाधानकालागि सकारात्मकपहल गर्ने बताए ।