लगातार बढिरहेको सुनको मूल्य ह्वात्तै घट्यो

बिहिबार, ८ साउन २०८२

काठमाडौं—लगातार बढिरहेको सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको छ । नेपाली बजारमा अघिल्लो दिनको तुलनामा दुई हजार ४०० रुपैयाँले घटेर ९५ हजार २०० मा कारोबार भएको हो । चाँदीको मूल्यपनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला दुई हजार ३३५ रुपैयाँमा खरिदबिक्री भएको छ ।