ईपीएस कोरियन भाषा परीक्षाका लागि नयाँ आवेदन खुल्यो
काठमाडौं—ईपीएस कोरियन भाषा परीक्षाका लागि नयाँ आवेदन खुलेको छ । एचआरडी कोरियाले ५ हजार ३ सय कामदार माग गरेपछि इपिएस शाखाले भाषा परिक्षाका लागि आवेदन खोलेको हो । एचआरडी कोरियाले तीन हजार ५ सय उत्पादनमूलक क्षेत्र, एक हजार ८०० कृषी तथा पशुपालन क्षेत्रमा कामदार माग गरेको छ । भाषा परीक्षामा उत्तीर्ण परीक्षार्थीहरूले दोस्रो चरणको स्किल टेष्ट र कम्पिटेन्सी टेष्टमा सहभागी भएर उत्तिर्ण भएपछि मात्रै रोजगार आवेदन फारम भर्ना पाउनेछन् । परीक्षा आवेदन साउन २६ गतेदेखि ३१ गतेसम्म भर्न सकिने छ भने परीक्षा काठमाडौंमा हुनेछ ।
एक व्यक्तिले एक वटा क्षेत्रमा मात्र फारम भर्न पाउनेछन् । भाषा परीक्षा उतिर्ण परीक्षार्थीहरूले मात्र दोस्रो चरणको स्किल टेष्ट र कम्पिटेन्सी टेष्टमा सहभागी भएर उत्र्तिण भएपछि मात्रै रोजगार आवेदन फारम भर्ना पाउनेछन् ।
१८ वर्ष पुरा भएर ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन पाउनेछन् । त्यस्तै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियामा गई गैह्र कानूनी रूपमा बसोबासगरी कोरियाबाट फिर्ता नपठाइएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको हुनुपर्ने योग्यता रहेका छन् । आवदेन साउन २६ गतेदेखि ३१ गतेसम्म दिन सकिनेछ । परीक्षा भने काठमाडौंमा हुनेछ ।