नेकपा केन्द्रीय समितिको बैठक बस्दै

बुधबार, २१ साउन २०८२

काठमाडौँ – विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठक भदौमा बस्ने भएको छ । नवौं केन्द्रीय समितिको सात पूर्ण बैठक भदौ २२ गतेदेखि केन्द्रीय कार्यालय कपिलबस्तुमा बस्ने भएको हो ।

केन्द्रीय समितिको बैठक अघि भदौ १४ गते स्थायी समिति र १८ गतेदेखि पोलिटब्युरो बैठक बस्ने नेकपा स्थायी समिति सदस्य तथा प्रकाशन तथा सञ्चार विभाग इञ्चार्ज अनिल सीले बताएका छन् । माओवादी केन्द्रले नेकपासँग पार्टी एकता गर्ने निर्णय गरेको सकारात्मक सन्दर्भमा बस्न लागेको बैठकले पार्टी एकता, निर्वाचन, आवधिक योजना लगायत विषयमा निर्णय गर्ने बताइएको छ ।