कांग्रेस एमालेसहित ४ दलिय गठबन्धनलाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टीको सानदार जित

बिहिबार, २२ साउन २०८२

काठमाडौं—कांग्रेस एमालेसहित ४ दलिय गठबन्धनलाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सानदार जित निकालेको छ । रौतहटको चन्द्रपुर नगर उद्योग वाणिज्य संघको निर्वाचनमा माधव नेपाल, प्रभु साहसहितको कांग्रेस–एमाले गठबन्धनलाई पराजित गर्दै रास्वपाका उदय नारायण सापकोटा निर्वाचित भएका छन् । रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै देशव्यापी हस्तक्षर अभियानमा हिडेका सापकोटा ५ सय २ मतसहित विजयी हुँदा गठबन्धनमा साझा उम्मेदवार सुनिल साह २ सय ६९ मतमा सिमित भएका छन् ।

पूर्वप्रधानमन्त्री माधव नेपाल, प्रभु साहलगायतका चर्चित नेताहरुको निर्वाचन क्षेत्र रहेको रौतहटमा कांग्रेस—एमालेलगायत चार दलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट सापकोटा अध्यक्षमा निर्वाचित भएका छन्।

रास्वपा अध्यक्ष रवि लामिछानेमाथि राजनीकि प्रतिशोध भएको भन्दै रास्वपाले देशव्यापी रुपमा हस्तक्षर अभियान चलाइरहेका बेला चन्द्रपुर नगर उद्योग वाणिज्य संघको निर्वाचनमा रास्वपाले सफलता पाएको हो।

१ हजार ९७ मतदाता रहेको संघको सम्पन्न निर्बाचनमा ८ सय २ मत खसेको थियो। बिजयी भएपछि सापकोटाले भने चन्द्रपुरको पहिचान र ब्यबसायीको हितमा सदैब क्रियाशिल रहने बताए। अन्य सदस्य पदका उम्मेदबार निर्बिरोध निर्बाचित भएका थिए।