घुससहित समातिएका एमाले मेयरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

शुक्रबार, २३ साउन २०८२

काठमाडौं—घुससहित समातिएका एमाले मेयरविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ । अख्तियार कार्यालय बर्दिबासले सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहलाई १ लाख घुससहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा मेयर साहले कल्याणपुर–६, स्थित पक्की नाला निर्माण कार्य सम्पन्न भएपछि भुक्तानी दिने बेला घुस मागेको पाइएपछि अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । साह २०७९ को स्थानीय तह चुनावमा एमालेबाट नगर प्रमुखमा निर्वाचित भएका थिए ।