गोल्डेन इमिनेन्टको दक्षिण कोरिया अध्ययन सम्बन्धी सेमिनार सम्पन्न

बुधबार, २८ साउन २०८२

काठमाडौँ – गोल्डेन इमिनेन्ट इन्टरनेशनले दक्षिण कोरिया अध्ययन सम्बन्धी सेमिनार सम्पन्न भएको छ । गोल्डेन इमिनेन्ट इन्टरनेशनले काठमाडौँमा आयोजना गरेको सेमिनारमा विद्यार्थीको उल्लेख्य सहभागिता रहेको थियो ।

कोरियाको क्यूंगसंग यूनिवर्सिटीबाट आएका प्रोफेसर डिन, सहडिन तथा विश्वविद्यालयका प्रतिनिधिले विश्वविद्यालयका विशेषताहरुको बारेमा जानकारी दिएका थिए ।

गोल्डेन इमिनेन्टका प्रवन्ध निर्देशक प्रकाश रिजालले कोरियामा भविश्य खोज्ने विद्यार्थीका लागि क्यूंगसंग यूनिवर्सिटी उपयुक्त गन्तव्य हुने बताएका छन् । सेमिनारमा बोल्दै उनले धेरै नेपालीले यो विश्वविद्यालयबाट विश्वस्तरको डिग्री हाँसिल गरेको भन्दै यो अवसर नगुमाउन विद्यार्थीलाई अनुरोध गरेका थिए ।

सेमिनारमा सहभागी विद्यार्थीहरुले विश्वविद्यालयका प्रतिनिधिसंग प्रत्यक्ष भेटेर आफ्नो जिज्ञासा राख्न पाएकोमा खुशी व्यक्त गरेका थिए।

विश्वविद्यालयबाट आएका प्रतिनिधिले सेमिनारमा विश्वविद्यालयमा भर्नाको मार्गदर्शन, छात्रवृत्तिको अवसर, भिसाको सम्भावना, ट्युसन फि, कोरियाको जीवन लगायतका विषयमा जानकारी दिएका थिए । सेमिनारमा सहभागी विद्यार्थीलाई सतप्रतिशतसम्म छात्रबृत्तिको अवसर प्रदान गरिएको थियो । उनीहरुले सेमिनारमा सहभागी विद्यार्थीको अन्तरवार्ता समेत लिएका थिए ।बिहान १० बजेदेखि सुरु भएको सेमिनारमा कोरिया अध्ययन गर्न जान चाहने विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो।