अमेरिकाले नेपालीलाई भिसा दिन थप कडाई गर्ने

बुधबार, ४ भाद्र २०८२

काठमाडौ.—अमेरिकाले नेपालीलाई भिसा दिन थप कडाई गर्ने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले भिसासम्बन्धी ठगीका घटनाहरु बढेकाले भिसा आवेदनमाथि कडाइका साथ परीक्षण हुने जनाएको छ ।

सार्वजनिक सूचना निकाल्दै दूतावासले भिसा सम्बन्धी ठगी नियन्त्रण गर्न आवेदनमाथि कडाइका साथ छानविन गर्नुपरेको जनाएको छ । साथै, आफू ठगीएको भए दूतावासलाई अवगत गराउनसमेत सम्पूर्ण नेपालीलाई आह्वान गरेको छ ।

ठगीबारे fraudktm@state.gov मा इमेलमार्फत रिपोर्ट गर्न सकिने दूतावासले जनाएको छ ।