काठमाडौँमा नरेन्द्र मोदी र सि जिनपिङलाई जुत्ता प्रहार

बिहिबार, ५ भाद्र २०८२

काठमाडौँ – नेपाली युवाहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिनपिङको पुत्लामा जुत्ता हानेर विरोध गरेका छन् । हेमराज थापाहरुको समूहले माइतघर मण्डलामा जम्मा भएर लिपुलेक नेपाली भूमि भएको भन्दै विरोध स्वरुप पुत्ला बनाएर जुत्ताले हानेका हुन् ।

ेपाली भूमि लिपुलेक प्रयोग गर्ने भारत–चीनबीच भएको सहमति नेपालको सार्वभौमसत्तामाथिको हस्तक्षेप भएको उनीहरुको आरोप छ । यसरी जुक्ता प्रहार गर्ने ८ जना युवालाई प्रहरीले पक्राउ परेका छन् । भारत र चीनबिच भएको नेपाली भूमि लिपुलेक हुँदै व्यापारिक नाका सञ्चालन गर्ने सहमतिविरुद्ध बिहीबार राजधानीमा युवाहरूले विरोध प्रदर्शन गरेका हुन् ।

त्यस्तो प्रदर्शनमा सहभागी ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई पुत्ला जलाउने प्रयाससहित अशान्ति सिर्जना गर्न खोजेको भन्दै नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । युवाहरूले लिपुलेक नेपाली भूमि भएको भन्दै भारत–चीनबीच भएको सहमति नेपालको सार्वभौमसत्तामाथि हस्तक्षेप भएको आरोप लगाएका थिए ।