सर्टिफिकेट धितो राखेर ऋण दिने विषय ‘छेपारोको कथा’, निरिह बन्दै सरकार
काठमाडौं – शैक्षिक प्रमाण पत्र धितो राखेर वेरोजगार यूवाहरुलाई ऋण दिने विषय ‘क्षेपारोको कथा’ जस्तै भएको छ । नेपाल सरकारले ५ प्रतिशत ब्याज अनुदानमा दिइने भनेको शिक्षित युवा स्वरोजगार कर्जामा बैंकहरुले लगानी गर्न नचाहेकाले यो ‘क्षेपारोको कथा’ बनेको हो ।
क्षेपारोले पानी परेको समयमा मनमा मिठा मिठा सपनाहरु देख्छ । राती पर्दा पनि उसलाई समस्या हुन्छ । अनी रातभरी उसले समस्याहरु सम्झिदै भोली घर बनाउँछु भनेर कल्पना गर्छ । तर भोलीपल्ट उ आफ्नो पुरानै नियती दोहो¥याउँछ र रातीको सपना बिर्सिन्छ । अहिले राज्यले त्यस्तै गरेर यूवाहरुलाई झुक्याइरहेको छ । सरकारको योजनामा बैंकहरुले असफल बनाउन लागेकाले यो कार्यक्रम माथिनै प्रश्न गर्न थालेका छन् ।
सरकारल वेरोजगार यूवाहरुलाई ऋण दिन् भनेपनि चैतसम्म ६ जनाले मात्र ऋण लिएका छन । नेपाल राष्ट्र बैंकका अनुसार ६ जनलाई २५ लाख रुपैयाँ यस्तो कर्जा दिइए छ ।
त्यस्तै, ५ प्रतिशत ब्याजदरमै विदेशबाट फर्केका ११ जना युवाले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका छन् । ‘विदेशबाट फर्केका युवा परियोजना कर्जा’मा ७८ लाख १ हजार रुपैयाँ प्रवाह गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।