बलिउड गायिका नेहा कक्करको कन्सर्टमा लफडा, प्रहरी हस्तक्षप !
काठमाडौं – बलिउड गायिका नेहा कक्करको ठमेल कन्सर्टमा क्षमतथाभन्दा बढी टिकट बिक्री गरेको भन्दै भन्दै लफडा भएको छ । टिकट विक्रिका विषयमा बिवाद भएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
ठमेलको एलओडी डिस्कोमा आयोजित कार्यक्रममा क्षमता भन्दा बढी टिकट बिक्री गरेको भन्दै आयोजक पारामाउन्ट इन्टरटेन्मेन्ट प्रालिका दीपक घिमिरेसहित तीन जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।
उनीहरुले क्षमता भन्दा बढी टिकट बिक्री गरेकाले टिकट काटेका दर्शकले समेत हेर्न नपाएको भन्दै प्रहरीकोमा उजुरी गरेका थिए।
बढी टिकट बेचर ठगी गरेको भन्दै उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पैसा फिर्ता गराउनेबारे पीडित पक्ष र आयोजकबीच छलफल भइरहेको छ।