३ करोड ३२ लाख भन्दा बढि कित्ता आईपिओ आउँदै
काठमाडौं– शेयर बजारमा विभिन्न कम्पनीहरुको ३ करोड ३२ लाख २१ हजार ३४५ कित्ता साधारण शेयर (आइपिओ) आउने भएका छन् ।
यी १८ वटा कम्पनीले स्थानीयवासी र सर्वसाधारणका लागि आइपिओ निश्कासन गर्न लागेको हो ।
यी कम्पनीले आइपिओ निश्कासनको लागि नियमन निकाय धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।
आइपिओ निश्कासनको पाइपलाइनमा रहेका यी १८ वटा कम्पनीमध्ये ३ वटा लद्युवित्त, १४ वटा हाइड्रोपावर, १ क्यापिटल र १ फण्ड कम्पनी रहेका छन् ।
धितोपत्र बोर्डमा आइपिओ निश्कासनको लागि आवेदन दिएका कम्पनीको आवश्यक कागजात पत्रमाथि अनुसन्धान भैरहेको बोर्डले जनाएको छ ।