चितवनबाट २ दिदीबहिनी बेपत्ता

बुधबार, ११ भाद्र २०८२

काठमाडौं – चितवनको भरतपुर महानरपालिका(१० नहरचोक बस्दै आएका दुई किशोरी दिदीबहिनी वेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा १६ वर्षीया रिना थापा र उनकी बहिनी १३ वर्षीया रोशनी विक रहेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गोविन्द पुरीले बताए । रिना र रोशनी दिदीबहिनीका छोरीहरु हुन् ।

हराएको भन्ने उजुरी आएपछि खोजबिन सुरु गरिएको एसपी पुरीले बताएका छन् । उनीहरूको अन्तिम लोकेशन काठमाडौं देखिएकाले काठमाडौं प्रहरीसँग पनि समन्वय गरेर काम भइरहेको बताइएको छ ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिक-७ घर भएका उनीहरु मंगलबार बिहानबाट हराएको परिवारले बताएको छ । मंगलबार बिहान सिन्धुपाल्चोक जान्छौं भनेर निस्केका उनीहरु त्यसपछि सम्पर्कमा नआएको परिवारले बताएको छ ।