काँग्रेसमा गगन र विश्वप्रकाशको द्वन्द चुलियो, दुई भाईबीच पानी बाराबार !
काठमाडौं – नेपाली काँग्रेसले चलाएको जागरण अभियानका विषयलाई लिएर काँग्रेस भित्रै विवाद उत्पन्न भएको छ । जागरण अभियान र नेतृत्व परिवर्तनको विषयलाई लिएर काँग्रेसका दुई युवा नेताबीच रोचक घोचपेच नै चलेपछि उनीहरुको विवाद सतहमा आएको हो ।
काँग्रेसको महाधिवेशन नजिकिदै गर्दा दुई युवा नेता खुलेरै एक अर्काको विरोधमा उत्रीएका छन । कार्यक्रम जारी रहेका बेला केन्द्रीय सदस्य गगनकुमार थापाले वर्तमान नेतृत्वबाट काँग्रेसमा जागरण नआउने बताएपछि प्रवक्ता विश्वप्रकाश शर्माले त्यसको बचाउ गरेर काउण्टर दिएका थिए । उनले अहिल्यै नेतृत्व परिवर्तनको बेला नभएको भन्दै पार्टीलाई नवीन ढङ्गले रूपान्तरण गर्न जागरण अभियानले सघाउने दाबीसमेत शर्माको थिए । यसरी काँग्रेसको संस्थापन पक्षलाई रिझाउने गरि शर्माले दिएको अभिब्यक्तिलाई महाधिवेशनमा काँग्रेसको संस्थापन पक्षको कोटाबाट महामन्त्रीमा लड्ने आाकलन गर्न थालिएको छ ।
पहिलो चरको जागरण अभियान समापनपछि यस विषयमा काँग्रेस प्रबत्ता शर्माको सचिवालयमा बुझ्दा आउने महाधिवेशनमा महामन्त्रीका लागि तयारी गरिरहेको र चुनाव लड्नेसक्ने सचिवालयका एक सदस्यले बताए । गरे । यता, गगन थापाले महाधिवेशनका तथा पार्टीले चलाएको जनजागरण अभियानका विषयमा चित्त नबुझेको दोहो¥याए । थापाले भने, ‘पहिलो चरणको जागरण अभियान त सकियो । पार्टीको आदेशमा साथीहरू जिल्ला जानुभयो । तर सन्तुष्टि छैन, साथीहरूले असन्तोषबीच काम गर्नुभएको हो । भ्रातृसंस्थाहरूको अधिवेशन नहुँदा सबैतिर अन्योल छ । पार्टीको संरचना नहुँदा कार्यकर्ता अलमलमा छन् । अनि कसरी जागृत हुन्छ काँग्रेस ?’
थापाको दाबी विपरीत पार्टी प्रवक्ता शर्माले पनि ०४६ सालपछि जागरण अभियानले पार्टीमा उत्साह ल्याएको दाबी गरे । शर्माले भने, ‘जागरण समापन हुँदै गर्दा पार्टीमा एकताको सन्देश दिएको छ । यो अभियानले शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई जोड्ने काम मात्रै गरेन, आम पार्टीको संयन्त्रलाई समेत जोड्दै नेतासँगै पार्टी दौडिरहेको सन्देश दिएको छ । अभियानले काँग्रेसले गति पनि समातेको छ ।’
प्रबत्ता शर्माले अगाडी थपे, ‘चुनावको परिणामपछि काँग्रेस जागरण अभियानको पहिलो चरणले ग्यारेजमा थन्किएको जस्तो लागेको काँग्रेसको गाडी स्टार्ट भएको छ । दोस्रोे चरणमा गाडी हाइवेमा आउँछ । तेस्रो चरणमा गन्तव्यका लागि गति लिन्छ,’ ।
जागरण अभियानबारे गगन थापाको भनाईलाई प्रवक्ता शर्माले भने, ‘यो कसैलाई छल्ने गरी ल्याइएको कार्यक्रम होइन । पार्टीको महासमिति बैठकले निर्णय गरेर सुरु गरिएको कार्यक्रम हो । सभापति शेरबहादुर देउवा एउटा लागेर सुरु भएको पनि होइन । केही कार्यक्रम नहुँदा महाधिवेशनसम्म के गरेर बस्ने ? महाधिवेशनमा मृत भएर जाने वा जागृत भएर जाने ? केही भएन भन्ने साथीहरूलाई मेरो प्रश्न छ ।’
तर नेता थापाले भने ढिलो गरी जागरण अभियान सञ्चालन गर्दा १४ औँ महाधिवेशन समयमा हुने सम्भावना अब टरेको सङ्केत गरे । ‘नियमित महाधिवेशनका लागि यसै वर्षको फागुन अन्तिमसम्मको समयावधि रहेको छ । १४ औँ महाधिवेशन समयमा हुने सम्भवना देखिँदैन । यता साथीहरुले पनि हाम्रो यतिखेर काम छैन, विशेष अवस्थामा छैनौँ तर पार्टीले अधिवेशन गर्नेतर्फ पहल गरेन भन्ने छ,’ थापाले भने, ‘सरकारले गरेका कामलाई दरिलो रूपमा उठाउनु हाम्रो धर्म हो । तर आफैभित्र सुधार गरे मात्रै दरिलो रूपमा सरकारविरुद्ध उभिन सकिन्छ ।’
प्रवक्ता शर्माले जागरण अभियानलाई सकारात्मक रूपमा लिनुपर्ने भन्दै जागृत काँग्रेसको नेतृत्व गर्ने वा मृत भनेर प्रश्नसमेत गरे । ‘महधिवेशनमा जागृत काँग्रेसको नेतृत्व गर्न चाहेको हो कि झगडा गरेर मृत भएको काँग्रेसको नेतृत्व गर्न चाहेको ? गाउँ–गाउँमा राजनीतिक बहस सिर्जना भएका, छलफल र संवाद बढेका छन् । चुनावमा मात्र गाउँ आउँछन् भन्ने आरोपलाई चिरेका छौँ । साथै कार्यकर्ता मात्र होइन, नेता पनि सच्चिनुपर्छ भन्ने आएको छ । यसलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ,’ प्रवक्ता शर्माले भने ।

यही विषयलाई लिएर दुई भाईविच पानी बाराबारको स्थिति उत्पन्न भएको छ । अघिल्लो महाधिवेशनमा युवाहरुको मतलाई मध्यनजर गर्दै महामन्त्रीमा चुनाव लडेका गगन फेरी पनि महामन्त्रीमै लड्न चाहान्छन । अवको अधिवेशनमा युवाहरुको मुद्धा उठाउँदै आएका प्रवक्ता शर्मालाई संस्थापनले टिकट दिएर फेरी गगन थापालाई पल्टाइदिने रणनीतिमा देखिएको छ । संस्थापन पक्ष जसरीपनि गगनलाई पल्टाउने रणनीतिमा भएकाले अबको महामन्त्री विश्वप्रकाश शर्मा नै भएको विश्लेषण गर्न थालिएको छ । ।
दुई भाईबीच द्वन्द भएपनि विगतका आन्तरिक निर्वाचनहरुमा गगन थापालाई विश्वप्रकाशले चुनाव जिताउन साथदिदै आएका थिए । विद्यार्थी राजनीतिदेखि संगसंगै अगाडी बढेका यी दुई नेताहरु फेरीपनि सहमतिमा आएर पार्टीको हितमा काम गर्नसक्ने काँग्रेसका एक नेताले बताए । यदी प्रबत्ता शर्माले आन्तरिक चुनावमा गगनलाई साथ दिएनन् भने फेरीपनि गगनको हविगत १३ औं महाधिवेशनको जस्तै हुने पक्का छ ।
