शौचालय भत्किँदा ४ जनाको मृत्यु

मंगलबार, २८ जेष्ठ २०७६

दार्चुला – दार्चुलामा शौचालय भत्किँदा ४ जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिका ४ सिप्टीमा स्थानीय गणेश विनायक माविको छाना भत्किँदा ४ बालिकाको घटनास्थलमा नै मृत्यु भएको हो ।

गाउँपालिकाका प्राविधिक सहायक प्रतापसिँह ठगुन्नाका अनुसार मंगलबार साँझ ४ बजेतिर विद्यालय बन्द रहेको समयमा खेलिरहेका करिब ८/ ९ वर्षीय तीन बालिका छाना भत्किँदा पुरिएका हुन् । ज्यान गुमाउनेमा अन्दाजी ७/८ वर्षकी निरुता ठगुन्ना, ९/१० वर्षकी अनुष्का धामी, ५ वर्षकी युनिका ठगुन्ना र ८/९ वर्षका सुदिश धामी रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

सिप्टी प्रहरी चौकीबाट खटिएको प्रहरी टोली तथा स्थानीयहरुको संयुक्त प्रयासमा शव निकालिएको छ । वर्षाका कारण उद्धार प्रभावित बनेको प्राविधिक सहायक ठगुन्नाले बताए । निकालिएका शवहरुको समेत पहिचान हुन सकेको छैन ।