काँग्रेस नेता गुरुङको निधन, को हुन नेता गुरुङ ?

शुक्रबार, ३१ जेष्ठ २०७६

काठमाडौं  – नेपाली काँग्रेस तेह्रथुमका प्रभावशाली युवा नेता बालकुमार गुरूङको निधन भएको छ । काठमाडौं स्थित मेडिसेटी अस्पतालमा उपचारको क्रममा बिहीबार साँझ ८ः१५ बजे युवा नेता गुरूङको निधन भएको हो ।

तेह्रथुमको आठराई गाउँपालिका–४ ईवा घर भई हाल काठमाडौंमा रहनु भएका गुरूङ बौद्धिक युवा नेता र समाजसेवी हुन् । राष्ट्र र समाजलाई योगदान पुर्‍याएका गुरूङको निधन आठराई–तेह्रथुम शोकाकुल भएको छ ।

गुरूङको निधनले नेपाली काँग्रेस पार्टी मर्माहत र स्तब्ध भएको भन्दै नेपाली काँग्रेस तेह्रथुमले जिल्लाका सम्पूर्ण कार्यक्रमहरू तीन दिन सम्मका लागि स्थगित गरेको छ ।

नेपाली काँग्रेसका जिल्ला सभापति गोविन्दप्रसाद ढुंगाना र सचिव सन्तोष सुब्बाद्वारा संयुक्तरूपमा जारि प्रेस विज्ञप्तिमा स्वर्गीय गुरूङको सम्मानको लागि पार्टीको जिल्लाका सबै कार्यक्रम स्थगित गरिएको उल्लेख छ । स्वर्गीय गुरूङ नेपाली काँग्रेस तेह्रथुमका जिल्ला सदस्य, नेपाली काँग्रेस तेह्रथुम–काठमाडौ सम्पर्क समिति सचिव तथा नेविसंघ तेह्रथुमका पूर्व जिल्ला अध्यक्ष हुन् ।

साथै समृद्ध समाज निर्माणका लागि सहयोगी संस्था (रेडियो आठराई) तेह्रथुमका कोषाध्यक्ष, एन प्याब्सन काठमाडौ सचिव, मिसन पब्लिकेसन सचिव र कान्तिपुर एकेडेमी काठमाडौका प्रन्सिपल समेत हुन् ।

अनामनगरको तमु सेवा समितिको कार्यालयमा जेठ ३२ गते बिहान ८ बजेदेखि १२ बजे सम्म श्रद्धाञ्जली कार्यक्रम र अन्तिम दाहसंस्कार दिउँसो १ बजे पशुपति आर्यघाटमा हुने पारिवारिक स्रोतले जनाएको छ ।

हेर्नुहोस को हुन बालकुमार गुरुङ ?