न्युजिल्याण्डमाथि पाकिस्तानको शानदार जित

बिहिबार, १२ असार २०७६

पाकिस्तानले जारी विश्वकपमा अफ्नो सबैभन्दा ठूलो जित निकालेको छ । यो जित भलै ६ विकेटको थियो तर उसले विश्वकपमा अहिलेसम्म अपराजित रहेको न्युजिल्याण्डलाई मात दियो ।

यो जितका साथ पाकिस्तानले सेमीफाइनल पुग्ने आफ्नो सम्भावनाको बाटोलाई सजिलो पारेको छ । उसको ७ खेलबाट ७ अंक पुगेको छ । अंकतालिकामा पाकिस्तान छैठौँ नम्बरमा छ ।

बुधबारको खेलमा न्युजिल्याण्डले दिएको २ सय ३८ रनको सामान्य लक्ष्य पाकिस्तानले ४९ ओभर १ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।

न्युजिल्याण्डले मात्र ८३ रनमा पाँच विकेट गुमाएको थियो ।