गरीबी हटाउन सबै एकजुट हुनुपर्छ – प्रधानमन्त्री ओली

बिहिबार, १४ भाद्र २०७५

भदौ १४, काठमाडौं – बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को सम्मेलनको चौथो शिखर सम्मेलन उद्घाटन समारोहमा मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री ओलीले गरीबी हटाउन सबै एकजुट हुनुपर्ने बताएका छन्  सदस्य राष्ट्रहरूलाई गरीबीबाट मुक्त गराउन बिमस्टेकले प्रयास गर्नुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले विकासको मूल प्रवाहमा कसैलाई छुटाउन नहुने बताए  ।

बिमस्टेक क्षेत्र प्राकृतिक प्रकोपले प्रभावित हुने गरेको भन्दै उनले जलवायु परिवर्तनका कारण उत्पन्न प्राकृतिक विपदसँग मिलेर लड्नुपर्नेमा जोड दिए  । विश्वमा भइरहेको प्राविधिक क्रान्तिले चुनौती सिर्जना गरेको उल्लेख गर्दै उनले सूचना प्रविधिबाट भरपुर फाइदा उठाउनु पर्ने बताए ।