गायक रमेश कार्कीको गीत ‘ओइ ओइ भनेर’ (भिडियोसहित)
काठमाडौ – नव गायक रमेश कार्कीको नयाँ गीत ‘ओइ ओइ भनेर’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । बाबुल गिरीको शव्द र संगीत रहेको उक्त गीतमा गायक कार्कीले स्वर दिएका छन् । गीतको म्यूजिक भिडियोमा आँचल शर्मा र सरोज मोक्तानले अभिनय रहेको छ ।
ओएसआर डिजीटल रेकर्ड मार्फत रिलिज गरिएको उक्त गीतको म्यूजिक भिडियोको निर्देशन राजिव समरले गरेका छन् । गीत मेलोडियस रहेकाले सवैको मन जित्नेमा विश्वस्त देखिन्छन गायक रमेश कार्की ।
हेर्नुस् भिडियो